Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सरकारलाई लेखा समितिको ध्यानाकर्षण

    सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सरकारलाई लेखा समितिको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 576
    SHARES

    काठमाडौं । सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करी प्रकरणमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । लेखा समितिले क्विन्टल सुन तस्करीका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।



    समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।



    सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सुन तस्करीसँग राजस्वको विषय जोडिने भएको र त्यो विषय समितिको क्षेत्राधिकारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको केसीले बताए ।

    राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार