Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सार्वजनिक लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन

    सार्वजनिक लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । सार्वजनिक लेखा समिति सभापति  अर्जुननरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा केसीले समिति सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।



    उनले अहिले देशको अर्थतन्त्रमा देखिएका अनियमिता र भ्रष्टाचारका विषयमा समितिले गरेका काम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै समितिले गर्ने हरेक काम सार्वजनिक गर्नुपर्ने बताए ।



    निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा समितिलाई स्थापित गर्न समितिका सभापति तथा सदस्यहरूले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने केसीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार