Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ज्येष्ठ सदस्यको सभापतित्वमा संसदीय समितिका बैठक जारी

    ज्येष्ठ सदस्यको सभापतित्वमा संसदीय समितिका बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ । आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

    समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।



    त्यसैगरी पूर्वाधार विकास समितिको बैठक ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा सुरु भएको छ । त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ ।



    त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिमा जेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कालुराम राईको सभापतित्वमा बैठक बसिरहेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको सभापतित्वमा बसिरहेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार