Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

    यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 759
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभिन्न प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

    दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना छ ।



    महाशाखालेका अनुसार संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर काठमाडौं, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, पाल्पा, रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।



    यसैबीच, आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार