Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गोकुल भन्छन् – सुन प्रकरणमा सत्ताकै केन्द्रतिर शंकाको सुई सोझियो, अब छानबिन सेलाउँछ

    गोकुल भन्छन् – सुन प्रकरणमा सत्ताकै केन्द्रतिर शंकाको सुई सोझियो, अब छानबिन सेलाउँछ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सत्ताकै केन्द्रतिर शंकाको सुई सोझिएपछि अब सुन तस्करीको छानबिन र अनुसन्धान सेलाउँदै जाने शंका व्यक्त गरेका छन् ।

    पछिल्लो समय सुन तस्करीमा जोडिएकाहरुको कनेक्सन एकपछि अर्का नेकपा माओवादी केन्द्रका नेताहरुसँग देखिन थालिरहँदा बुधबार साँझ सामाजिक सञ्जालमार्फत बास्कोटाको यस्तो भनाइ आएको हो ।



    अब सुन तस्करी र कारोवारीका समाचार सेलाउँदै जालान किनकी शंकाको सुई सत्तासीनकै केन्द्र तिर सोझिने तथ्यहरु आउने संभावना निक्कै बढेर जाने देखिन थालेको उनले बताए । उनले अब सुन तस्करी र कारोबारीका समाचार सेलाउँदै जाँदा अनुसन्धानबाट तथ्यहरु आउने सम्भावना पनि निकै कम रहेको बताए।



    उनले सुन तस्करसँग जोडिएकाहरुको कारोबार नेपालदेखि सिंगापुर र बेल्जियमसम्म रहेको पनि उल्लेख गरेका छन् ।

    ‘अब सुन तस्करी र कारोबारीका समाचार सेलाउॅंदै जालान्, किनकी शंकाको सुई सत्तासिनकै केन्द्रतिर सोझिने तथ्यहरु आउने सम्भावना निक्कै बढेर जाने देखिन थाले । बेल्जियमको रेष्टुरा बिक्री, झम्सिखेल घरजग्गा करोबार, सिंगापुरतिर रकम निकासी, श्रमिकको प्रवासै डलर खरिद र हुन्डी, राजस्व नाका सेटिङ ,’  उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार