Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादीका नाममा चन्दा माग्ने दुईजना प्रहरीको फन्दामा

    माओवादीका नाममा चन्दा माग्ने दुईजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 945
    SHARES

    दैलेख । दैलेखको दुल्लुमा नेकपा (माओवादी केन्द्र) का नाममा चन्दा माग्ने दुईजना पक्राउ परेका छन् ।

    दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालसँग चन्दा माग गरेको रसिद प्राप्त परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय दुल्लुका अनुसार पक्राउ पर्नेमा दुल्लु नगरपालिका(१३ का १९ वर्षीया समिर शाही र २८ वर्षीया चन्द्रबहादुर शाही रहेका छन् ।



    उनीहरूसँग पार्टीको ५ थान पम्प्लेट, पार्टीको सहयोग ठेली र स्टम प्याटलगायत थुप्रै सामानहरू बरामद गरेको छ ।

    पार्टीलाई आर्थिक सहयोग भन्दै दुल्लु नगरपालिकामा ५० हजार रुपैयाँको रसिद छाडेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार