Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कामदारलाई क्षतिपूर्ति नदिने दुई मेनपावर कम्पनीको लाइसेन्स खारेज

    कामदारलाई क्षतिपूर्ति नदिने दुई मेनपावर कम्पनीको लाइसेन्स खारेज

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागले पीडितलाई क्षतिपूर्ति नदिने दुई वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ ।

    श्रम करार बमोजिम काम नदिई अलपत्र पार्ने डिलक्स एचआर सोलुसन र डी–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई विभागले खारेज गर्ने निर्णय गरेको हो ।



    वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले करारपत्र बमोजिम काम नगराएर क्षतिपूर्ति पनि नदिने म्यानपावर कम्पनीको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिए । डिलक्सले बाइक राइडर र ट्याक्सी चालकमा कामदार पठाई सम्झौता अनुसार काम दिन सकेको थिएन ।



    त्यस्तै डी–स्क्वार्डले साइप्रसमा पठाएका दुई जना महिलाहरु पनि सम्झौता अनुसार काम नभएपछि फर्केका थिए । दुवै कम्पनीले पीडितहरूलाई करोडौं रुपैयाँ बराबरको क्षतिपूर्ति नदिएपछि इजाजतपत्र नै खारेज गरिएको महानिर्देशक दाहालले बताए । दुवै म्यानपावर कम्पनीले एक–एक लाख जरिवाना पनि तिर्नुपर्ने विभागको निर्णय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार