Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साताको अन्तिम कारोबार दिन ५ अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    साताको अन्तिम कारोबार दिन ५ अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । शेयर बजार सूचक नेप्से बिहीबार सामान्य बढेको छ । नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो।

    सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा पुगेको छ। यसदिन २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भयो।



    बुधबार ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ८८ करोड ८३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएन।



    अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सोल्टी होटलको १६ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

    यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ११ करोड मूल्य बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्दा ५ को घट्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार