Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अख्तियार प्रमुख राई र अमेरिकी ग्लोबल एन्टी करप्शनका संयोजकबीच शिष्टाचार भेट

    अख्तियार प्रमुख राई र अमेरिकी ग्लोबल एन्टी करप्शनका संयोजकबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 885
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र अमेरिकी विदेश विभागको ग्लोबल एन्टी करप्शनको संयोजक रिचर्ड नेफ्यूबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आयोगको कार्यालय टंगालमा शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तराष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



    उक्त अवसरमा प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको बारेमा संक्षिप्त जानकारी पनि गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार