Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • यी जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

    यी जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका धेरै सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अविरल वर्षासँगै नदीमा बहाव बढेको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज केही जिल्लामा बाढीको जोखिम छ ।

    वाग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



    यस दिन कोसी, कन्काई, कमला, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह रहे पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।



    आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहनेछ ।

    यस्तै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र पाल्पा भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ । आज दिउँसो र राति सातै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार