Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

    भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिए।



    अर्थमन्त्री महतले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’

    उनले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए । उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए ।

    अर्थमन्त्री महतले साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गरे । भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन पनि उनले दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार