Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितानिवास प्रकरण : बयानका लागि नबोलाइएपछि आफैं सीआईबीमा पुगे बाबुराम

    ललितानिवास प्रकरण : बयानका लागि नबोलाइएपछि आफैं सीआईबीमा पुगे बाबुराम

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पुगेर प्रस्टीकरण दिएका छन् ।

    ललितानिवास प्रकरणमा बयानका लागि नबोलाइए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुराम आफैं सीआईबी पुगेर आफू नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयका सम्बन्धमा प्रस्टीकरण दिएका हुन् ।



    ‘ललितानिवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका एवं सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्नरगराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु,’ उनले ट्वीटरमा उल्लेख छन् ।



    यसअघि सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गराउने काममा सहभागी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। भट्टराईलाई समेत अनुसन्धान गर्न आदेश दिएको थियो ।

    अदालतको आदेश अवज्ञा गर्दै सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्रीसँग बयान लिने तयारी रोक्न सीआईबीमाथि दबाब सिर्जना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार