Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दुर्घटनामा परि घाइते भएका प्रहरी जवानको मृत्यु

    दुर्घटनामा परि घाइते भएका प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 3K
    SHARES

    कैलाली । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

    गत साउन १४ गते आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।



    उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए । उनको घर बझाङको तल्कोट हो ।



    उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार