Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भाजपाको हेडक्वाटरमा के गर्दै छन् सीके राउत ?

    भाजपाको हेडक्वाटरमा के गर्दै छन् सीके राउत ?

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 408
    SHARES

    काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारत भ्रमणमा रहेका छन् । सोही क्रममा अध्यक्ष राउत भारतीय जनता पार्टी (भाजपा) को हेडक्वाटरमा पुगेका छन् ।

    बुधबार नयाँदिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको मुख्यालयमा पुगेर उनले भाजपाका विदेश मामिला इन्चार्ज विजय चौथाइवालेसँग चेटवार्ता गरेका हुन् ।



    भेटघाटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको बताइएको छ । उनीहरूबीच दुई देशमा पार्टी सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल भएको भाजपा विदेश विभागले ट्विटमार्फत् जनाएको छ ।



    भेटमा चौथाइवालले राउतलाई भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा लिखित ‘मोदी शार्पिङ अ ग्लोबल अर्डर इन फ्लक्स’ पुस्तक उपहार दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार