Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

    सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ ।

    विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो ।



    सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र पठाएको छ । पोखरेलको समयमा यसअघि भेपमार्फत सुन तस्करी भएको थियो । भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको थियो । सो सुन भन्सारका कर्मचारीले गायब पारेका थिए ।



    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर पोखरेलमाथि सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो । उनी सरकारी कर्मचारी भएकाले भ्रष्टाचारमा अनुसन्धान गर्ने निकाय अख्तियारलाई पत्र लेखिएको छ ।

    यसअघि भ्रष्टाचारविरुद्धको साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमानसिंह पाख्रिनले अख्तियारमा विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रामबन्धु सुवेदी, विमानस्थलमा खटिएका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्द, विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी प्रमुख एसएसपी भूमि पाठकमाथि अनुसन्धानको माग गर्दै आयोगमा उजुरी दर्ता गरेका थिए ।

    अख्तियार सो उजुरीको विषयमा छानबिन तयारी थालिरहेका बेला जिल्ला सरकारी वकिल कार्यालयले पनि छानबिनका लागि पत्र लेखेको छ । तत्कालीन विमानस्थल भन्सारका प्रमुख पोखरेलमाथि अनुसन्धान हुनुपर्ने प्रमाण फेला परेकाले अख्तियारलाई पत्र लेखिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार