Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सत्तापक्षका सांसद बाहिरिएपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अलपत्र

    सत्तापक्षका सांसद बाहिरिएपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अलपत्र

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 933
    SHARES

    काठमाडौं । सत्तारुढ दलका सांसदहरू हाजिरी गरेर प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गणपुरक संख्याको माग गरेका थिए ।



    मंगलबार प्रतिनिधिसभामासैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने बताए ।



    सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या नपुगेको पाइएको थियो । संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । तर, सभामुखको निर्देशनपछि गणना गर्दा ५९ जना सांसदमात्र उपस्थित भएको पाइएको थियो ।

    त्यसपछि सभामुख घिमिरेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाएनन्, कार्यसूचीका अन्य विषय पनि हटाए र प्रतिनिधिसभा बैठक ६ दिनपछि अर्थात् भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी तोकेर स्थगित गरिदिए ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरूको कुर्सी खाली थिए । सत्तापक्षका सांसदहरू बैठक छोडेर बाहिरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार