Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाबुराम भट्टराई भन्छन् – नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो

    बाबुराम भट्टराई भन्छन् – नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 891
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको बताएका छन् ।

    कोशी प्रदेशमा सरकार गठनको अभ्यास र अदालतको आदेशलाई संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरे ।



    अहिलेको सत्ताधारी पक्षले कोशी प्रदेशमा दुई–दुईपटक संविधान र कानुन मितेर अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गरेको र अन्ततः सर्वोच्च अदालतले त्यसलाई डण्डित गरेको भट्टराईको भनाइ छ ।



    भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो ! पहिलेको सत्ताधारी पक्षले जानीजानी दुई–दुईपटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत् सच्याइएको थियो।

    त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नम्बर (कोशी) प्रदेशमा त्यसरी नै दुई–दुईपटक संविधान र कानुन मिचेर सभामुखरसभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्‍यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गर्‍यो।

    हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरूत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्दत भैरहेछन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगीरबाबाहरूको भेषमा जनताको अग्रगामीरलोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक हो।

    यो संगीन घडीमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको छ। अब यसवारे कुनै किन्तुपरन्तु गर्ने ठाउॅ र समय रहेन। देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बनौंस आवश्यक पहल गरौं !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार