Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • क्यानडा–भारत तनाव : क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न निर्देशन

    क्यानडा–भारत तनाव : क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 846
    SHARES

    एजेन्सी । भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ ।

    भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न निर्देशन दिएको हो ।



    विदेश मन्त्रालयले भारत सरकारको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूले हस्तक्षेप गरेको आरोप लगाएको छ ।



    यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।

    प्रधानमन्त्रीले संसदमा संवोधन गरेलगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेकी थिईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार