Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एसियाड महिला फुटबल : आज भियतनामसँग खेल्दै नेपाल

    एसियाड महिला फुटबल : आज भियतनामसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । १९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।

    समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुरू हुनेछ । नेपाल र भियतनाम तेस्रोपटक आमनेसामने हुन लागेका हुन्।



    पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।



    चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाडअन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै शुरू भइसकेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार