Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गगन थापा भन्छन् – शिक्षा विधेयक सच्याउनुपर्छ, कांग्रेसले सच्याउन भूमिका खेल्नुपर्छ

    गगन थापा भन्छन् – शिक्षा विधेयक सच्याउनुपर्छ, कांग्रेसले सच्याउन भूमिका खेल्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् ।

    पार्टीनिकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।



    उनले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए । उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएको नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।



    यस्तै उनले निर्वाचन कानूनसम्बन्धी विधेयक पनि केही दिनभित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार