Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गाडीको ठक्करबाट सशस्त्रका हवल्दारको मृत्यु, ठक्कर दिने गाडी खोज्दै प्रहरी

    गाडीको ठक्करबाट सशस्त्रका हवल्दारको मृत्यु, ठक्कर दिने गाडी खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.8K
    SHARES

    बैतडी । गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो ।

    बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    बाजुराबाट घर आएका महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन । महराको शव बीच सडकमै रहेको बताइएको छ ।



    गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका छन् । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान थालेको छ भने ठक्कर दिने गाडीको खोजी कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार