Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन दर्ता, मतदान भोलि

    एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन दर्ता, मतदान भोलि

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 942
    SHARES

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत आजबाट निर्वाचनको प्रक्रिया सुरु भएको छ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्न लागेको हो ।

    मंगलबारको बन्द सत्रले राजनीतिक सांगठनिक तथा आगामी कार्ययोजना प्रतिवेदन प्रतिवेदन पारित गरेको छ ।



    अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। एमालेले बागमतीमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ।



    निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालय च्यासलमा हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। बुधबार बिहान ८ बजे मतदाता नामावाली प्रकाशन हुनेछ। ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

    ४ बजे उम्मेदवारीको नामावली प्रकाशन र ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। साँझ ६ बजेदेखि विद्युतीय मेसिनमा नामावली राख्ने गरी तालिका तय भएको छ। निर्वाचन बिहीबार ११ बजेबाट मतदान हुनेछ। अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार