Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले भने – डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गरौँ

    एमाले अध्यक्ष ओलीले भने – डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गरौँ

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन् ।

    अध्यक्ष ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो अनुरोध गरेका हुन् ।



    अध्यक्ष ओलीले पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरे ।



    ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,’मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ- डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं। सम्मान र हार्दिकता विकास गरौं।’

    उनले डाक्टरको महत्त आफू स्वयंले पनि आफ्नो जीवनमा महसुस गरेको उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार