Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्रीको चीन भ्रमणबारे बाबुराम – नेपालको दीर्घकालीन हितमा हुनु पर्थ्यो, तीर्थयात्रामा सीमित भयो

    प्रधानमन्त्रीको चीन भ्रमणबारे बाबुराम – नेपालको दीर्घकालीन हितमा हुनु पर्थ्यो, तीर्थयात्रामा सीमित भयो

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण नेपालको दीर्घकालीन हितमा हुनुपर्नेमा तीर्थयात्रामा सीमित भएको बताएका छन् ।

    बिहीबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुक इतिहासमै कमजोर भएका वेला अतिथिसत्कारमा रमाएर बसेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गरे ।



    ‘नेपाल यतिवेला आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ’, उनले लेखेका छन्, ‘यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने !’



    उनले चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन्। ‘उसले अघि सारेको बीआर्आइ र जीडीआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो’, उनले भनेका छन् ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो। तीर्थाटन त हुँदै गर्थ्यो।’

    भट्टराईले नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर,दुई दशक निरन्तर) को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भव नहुने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार