Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • थप ३ किलो सुनसहित दोलखाबाट एक जना पक्राउ

    थप ३ किलो सुनसहित दोलखाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दोलखाबाट थप ३ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

    सीआईबीको टोलीले दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट३किलो सुनसहित केशव तामाङलाई पक्राउ गरेको हो ।



    चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ । दोलखाबाटै चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।



    पक्राउ पर्नेमा बिगु गाउँपालिका ३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर,नुर्बु शेर्पा र सुनमला तामाङ रहेका छन् ।

    उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार