Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद र ७० हजार जरिवाना

    शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद र ७० हजार जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

    विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई दोषी ठहर गरेको हो ।



    गुप्ता र साहलाई ६/६ महिना कैद र ७०/७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै नगरप्रमुख गुप्ता निलम्बित भएका थिए ।



    नगरप्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहलाई मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो । नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण एैन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरमा आरोप पत्र दायर गरिएपछि उनी निलम्बित भएका थिए ।

    अख्तियारको इटहरीस्थित कार्यालयवाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई बिपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

    दुबै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुरमा बिगो एकलाख ४० हजार कायम गरि भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफ ३ को उपदफा(१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदावीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार