Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालगन्जमा मोबाइल नेटवर्क तत्काल बन्द गर्न सांसद जबराको आग्रह

    नेपालगन्जमा मोबाइल नेटवर्क तत्काल बन्द गर्न सांसद जबराको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले यस्तो बताएका हुन् । सांसद राणाले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह गरे ।



    नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ। सांसद राणाले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’



    सांसद जबराले विशेष समय लिएर बोल्दै सामाजिक सञ्जालमार्फत दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरे ।

    दुई समुदाय तथा जातीय द्वन्द्व बढाउने सन्देश फैलाउनेहरूलाई साइबर अपराधमा मुद्दा चलाउन सांसद जबराले माग गरेका छन् । शान्तिपूर्ण रूपमा सबैलाई विरोध तथा असन्तुष्टि जाहेर गर्न पाइने तर उग्र हिंसाको बाटो अंगाल्नु ठिक नभएको सांसद जबराको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार