Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता गर्दै नेपाल

    युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाल र युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता हुँदैछ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षरको तयारी छ ।



    पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको छ । गएको तीन वर्षमा १० हजारभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर रोमानिया पुगिसकेका छन् ।



    सरकारले असोज २३ गते मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी (एमओयू) गर्ने तयारी छ ।

    जर्मनीसँग त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबीच श्रम समझदारी हुने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार