Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल र सेसेल्सबीच श्रम सम्झौताका लागि संयुक्त कार्यदल गठन गर्ने सहमति

    नेपाल र सेसेल्सबीच श्रम सम्झौताका लागि संयुक्त कार्यदल गठन गर्ने सहमति

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल र सेसेल्सबीच अबको एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौता टुङ्गोमा पु¥याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ ।

    गणतन्त्र सेसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्तामा सो बारेमा सहमति भएको हो ।



    वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवादसहित सेसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए ।



    न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालका तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले नेतृत्व गर्ने छन् ।

    अहिले एक हजार २५० भन्दा धेरै नेपाली सेसेल्समा रोजगारीको क्रममा रहेका छन् । सेसेल्स रहेका धेरै नेपाली अहिले सुरक्षागार्डका रूपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । नेपाल र सेसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार