Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • श्रम सम्झौता भएका जापान र मरिससमा श्रमिक जान पाएनन्

    श्रम सम्झौता भएका जापान र मरिससमा श्रमिक जान पाएनन्

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 450
    SHARES

    काठमाडौं । सरकारले ४ वर्ष अघि श्रम सम्झौता गरेका जापान र मरिससमा अझै पनि श्रमिक जान पाएका छैनन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेपछि ती मुलुकमा जान कहिले पाइन्छ भन्दै ठूलो संख्याका युवायुवती सोधखोजका लागि आइरहेको वैदेशिक रोजगार विभागले बताएको छ ।



    जापान र मरिसस नेपालीले रुचाएका गन्तव्य हुन् । ती मुलुकमा रोजगारी गर्न पाए पारिश्रमिक राम्रो पाइने धेरैको अपेक्षा छ । श्रम मन्त्रालयले भने श्रम सम्झौता भए पनि प्राविधिक विषयमा छलफल भइरहेकाले ती देशमा श्रमिक आपूर्ति गर्ने विषयमा टुंगो लाग्न नसकेको बताउँदै आएको छ ।



    ‘श्रम सम्झौता भए पनि कतिपय विषयमा छलफल र परामर्श गर्नुपर्ने देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘श्रम सम्झौतापछि पनि कैयौं विषयमा छलफल गर्नुपर्ने भएकाले श्रमिक आपूर्ति गर्ने विषयमा केही ढिलाइ भएको हो । श्रम सम्झौता भएको देशमा कामदार पठाउन कार्यविधि बनाइरहेका छौं ।’ हतारमा श्रम सम्झौता गरिएकाले थुप्रै विषयमा स्पष्टता हुन नसकेको उनले बताए । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार