Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

    १२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 663
    SHARES

    काठमाडौं । क्रिकेटलाई औपचारिक रूपमा ओलम्पिक खेलकुदको रुपमा फर्काइएको छ।

    सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले पुष्टि गरेको हो ।



    यसअघि क्रिकेट सन् १९०० मा पेरिस ओलम्पिकका दौरान सहभागी गराइएको थियो। जतिबेला तत्कालिन ग्रेट ब्रिटेन र फ्रान्सले सहभागिता जनाएका थिए।



    उनीहरुले दुई दिवसीय ‘टेस्ट म्याच’ ढाँचामा प्रतिस्पर्धा गरेका थिए। दुबै टिमले तत्कालीन समयमा १२ खेलाडीलाई मैदानमा उतारेका थिए।

    त्यसयता मोर्डन क्रिकेटमा धेरै परिवर्तनहरु भइसकेका छन्। पेरिस ओलम्पिकमा क्रिकेट सहभागिताको १२८ वर्षपछि क्रिकेट खेल पुनः ओलम्पिकमा फर्किएको हो।

    टी–२० फर्म्याटमा हुने क्रिकेटसँगै अन्य पाँच खेलले पनि ओलम्पिकमा अनुमति पाएका छन्।

    ९९ आईओसी सदस्य देश उपस्थित भएको बैठकमा अध्यक्ष बाखले सहभागी सदस्य देशहरुलाई हलभित्रबाट हात उठाएर समर्थनको प्रस्ताव गरेका थिए। जसमा बहुसंख्यक सदस्यले क्रिकेटसहित पाँच खेललाई हात उठाएर अनुमोदन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार