Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ र चेस महासंघका निर्देशक सर्टबीच भेट

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ र चेस महासंघका निर्देशक सर्टबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)अध्यक्ष जीवनराम श्रेष्ठ र अन्तर्राष्ट्रिय चेस महासंघका लागि चेस विकास निर्देशक निगेल सर्टबीच भेटवार्ता भएको छ।

    नेपाल चेस संघका अध्यक्ष विदुर गौतमसमेत उपस्थित कार्यक्रममा सर्ट र अध्यक्ष श्रेष्ठबीच ओलम्पिक मुभ्मेन्ट र चेस संघको कामबारे छलफल भएको हो।



    इङ्ल्यान्डका पूर्व चेस खेलाडीसमेत रहेका सर्ट १९ वर्षको उमेरमा ग्रान्डमास्टर बनेका थिए।



    ग्रान्डमास्टर, स्तम्भकार, प्रशिक्षक तथा कमेन्टेटरसमेत रहेका सर्टसँग नेपाल चेस संघको भूमिकाको बारेमा पनि छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

    ओलम्पिक कमिटीमा भएको छलफलमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, चेस संघका उपाध्यक्ष हरिकाजी महर्जन लगायतको पनि उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार