Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एनआरएनएको महाधिवेसन आजबाट, को-को छन् अध्यक्षका उम्मेदवार ?

    एनआरएनएको महाधिवेसन आजबाट, को-को छन् अध्यक्षका उम्मेदवार ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 765
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेसन आजबाट सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्ने भएको हो ।

    महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ ।



    एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उम्मेदवारी रहेको छ ।



    एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी रहेको छ । पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार