Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यो सरकारबारे कुनै प्रतिक्रिया दिन आवश्यक छैन : केपी ओली

    यो सरकारबारे कुनै प्रतिक्रिया दिन आवश्यक छैन : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 372
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन् ।

    सोमवार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार कहिल्यै पनि स्थायी नहुने बताएका हुन्।



    अध्यक्ष ओलीले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए ।



    अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए । उनले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताए ।

    उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताए ।

    अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहित हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भने मात्र रोक्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार