Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, कम्तिमा ५ सय जनाको मृत्यु

    गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, कम्तिमा ५ सय जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 468
    SHARES

    काठमाडौं । गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ।

    मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।



    अस्पताल विस्फोटलाई इजरायल–हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।



    इजरायलले गाजा क्षेत्रमा हवाइ हमला थालेपछि अस्पतालमा हजारौं नागरिकहरू आश्रय लिएर बसेका कारण मृतकको संख्या धेरै हुनसक्ने आकलन गरिएको छ।

    बुधबार बिहानसम्म भग्नावशेषबाट शवहरू निकाल्ने क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ।

    इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका छन्। हमासले इजरायलमाथि युद्ध नियमविपरित अस्पतालमा हवाइ आक्रमण गरेको आरोप लगाएको छ।

    इजरायलले भने हमासकै रकेट प्रहार असफल हुँदा अस्पतालमा विस्फोट भएको बताएको छ।

    घटनाको विभिन्न मुलुकहरूले निन्दासमेत गरेका छन्। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले पनि उक्त घटनाबारे कडा शब्दमा निन्दा गर्दै इजरायलले सबै हद पार गरेको बताएका छन्।

    अस्पतालमा आक्रमण हुनुपूर्व नै गाजामा तीन हजार मानिसहरूको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।

    इजरायलमा पनि कम्तिमा १ हजार ३ सय मानिसहरूको मृत्यु भएको बताइएको छ भने हमासले इजरायलबाट २०० जनालाई बन्धक बनाएर गाजामा राखेको रोयटर्सले उल्लेख गरेको छ। – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार