Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव, अनलाइन भोटिङ खुला

    एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव, अनलाइन भोटिङ खुला

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 807
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको हो ।

    अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ । अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ ।



    ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।



    एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार