Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • शंकर पोखरेलको आरोप – माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेका छन्

    शंकर पोखरेलको आरोप – माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेका छन्

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 615
    SHARES

    दाङ । एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको आरोप लगाएका छन् ।

    दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।



    उनले भने, ‘माओवादी केन्द्रले कुनै समय दसैंतिहार जस्ता चाडपर्व बहिस्कार कार्यक्रम नै चलायो । त्यो कति गलत थियो भन्ने आज देखिएको छ । जसले बहिष्कारको नेतृत्व गरे, आज उनीहरू घरभित्र लुकेर टीका लगाउनुपर्ने अवस्थामा पुगेका छन् ।’



    उनले दसैं कुनै धर्म वा हिन्दुको मात्रै पर्व नभई आम नेपालीको सांस्कृतिक पर्व भएको पनि बताए । नेपाली हिन्दुले मनाए जसरी दसैं भारतीय हिन्दुले नमनाउने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार