Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तीन महिनामा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब पुग्यो

    तीन महिनामा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 789
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

    चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ४ खर्ब ९९ करोडको वस्तु आयात गरिएको थियो । आयात १.६९ प्रतिशतले बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ ।



    गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।



    चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २९ अर्ब रुपैयाँको डिजेल, १७ अर्बको पेट्रोल, ११ अर्बको एलपीजी ग्यास आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २ अर्बको गलैंचा, १ अर्बको फलामजन्य वस्तु, १ अर्बको अलैंची निर्यात भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार