Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मन्त्री ज्वाला भन्छन् – रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ

    मन्त्री ज्वाला भन्छन् – रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल (रिगल) को कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्ने बताए ।



    सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको उनको भनाई छ ।



    उनले भने, ‘संविधान मिचिएको होइन, यस सम्बन्धमा सरकारले निर्णय गर्दा अझै राम्रोसँग विचार गर्नुपर्थ्यो । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

    रिगललाई सरकारको सिफारिसमा गएको असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार