Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालमा संयुक्त अभ्यास गर्दै ९ देशका सेना, ४४ अमेरिकी सेना सहभागी हुने

    नेपालमा संयुक्त अभ्यास गर्दै ९ देशका सेना, ४४ अमेरिकी सेना सहभागी हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा अमेरिकासहित ९ देशका सेनाले विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन् । विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो ।

    नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।



    नेपाली सेनाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको छ ।



    उक्त तालिम अभ्यासमा विपद् व्यवस्थापन कार्यमा नेपालबाट सबैभन्दा बढी २१० जना सहभागी हुनेछन् । नेपाली सेनासँगै विपद व्यवस्थापन कार्यमा आबद्ध नेपालका सरकारी तथा गैर सरकारी निकायबाट पनि तालिममा सहभागी गराइने छ।

    अमेरिकी सेनाको प्यासिफिक कमाण्डबाट ४४ जना सहभागी हुनेछन्। यस्तै भारत, मालदिभ्स, मंगोलिया, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बेलायतबाट १६ जना गरी २७० जना सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार