Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गण्डकीको भौतिक मन्त्रालयले महसुल तिर्न नसकेपछि काटियो बिजुली

    गण्डकीको भौतिक मन्त्रालयले महसुल तिर्न नसकेपछि काटियो बिजुली

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 366
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ ।

    महसुल नतिरेपछि विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले मन्त्रालयको बिजुली काटेको हो ।



    नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न बाँकी छ ।



    पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र गतिमा अघि बढाएको छ ।

    केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार