Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउनुपर्छ : गगन थापा

    भूकम्प प्रभावित क्षेत्रमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउनुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावितका नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी रहेको छ ।

    शनिबार राति सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा पानी परेर जाडो बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भूकम्प प्रभावित क्षेत्र पुगेर दुई नमूना अस्थायी घर (टहरा) बनाएको पनि उनले अनुभव सेयर गरे । उनले तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्ने बताए ।



    घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजारबाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार