Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते

    स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

    बुटवलबाट स्याङ्जाको कालीगण्डकीको कारीकोट आउदैगरेको ग १ ज ७६०४ नम्बरको जिप दुर्घटनामा परेको हो ।



    जिप प्युँघा कालिका मन्दिरनजिक कच्ची सडकबाट करिब ३० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



    जिप भीरमा रहेको रुखमा अड्किन पुगेकाले ठूलो दुर्घटनाबाट बचेको छ । घाइतेहरुलाई उपचारका लागि कालीगण्डकी अस्पताल मिर्मीमा लगिएको प्रहरीले जनाएको छ ।

    जिपमा आठ जना सवार रहेकोमा एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार