Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसपीका सात पदमा १२ डिएसपीको प्रतिस्पर्धा

    एसपीका सात पदमा १२ डिएसपीको प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 53.6K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको तयारी गरेको छ । रिक्त भएका सात पदमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।

    पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बनेको छ । बरियताअनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो तथा ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा छन् । त्यस्तै, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट टप ७ भित्र पर्दछन् ।



    अहिलेको वरियतामा पछाडि रहेका डिएसपीहरू राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे शक्तिशाली मानिन्छन् । १२ औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका अधिकृत हुन् । यसअघि नै बढुवामा छुटेकालाई यस पटक जसरी पनि उनलाई बढुवामा समेट्नुपर्ने दबाब गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छ ।



    तर, यसअघिको बढुवामा प्रयोग गरिएको मापदण्ड अहिले गृहमन्त्रीलाई नै समस्या बनेको छ । यसअघि एसपीमा बढुवा गर्दा रिक्त पद संख्याअनुसार योग्यता क्रममा परेकालाई मात्र बढुवा गरिएको थियो । त्यही सिद्धान्त अवलम्बन गरे अहिले टप ७ भित्रका मात्र बढुवामा पर्नेछन् । त्यसो गर्दा शक्तिशाली डिएसपीहरु छुट्ने अवस्था छ ।

    केपी ओलीको पिएसओ बसेका सन्तोष तामाङ र राजन लिम्बु पनि बढुवाका प्रबल दाबेदार हुन् । उनीहरू टप ७ बाहिर छन् ।
    योग्यता क्रममा अघि रहेकाहरू पुरानै मापदण्डअनुसार बढुवा गर्नुपर्ने लबिङमा छन् भने पछि रहेकाहरू भने कार्यक्षमता हेर्नुपर्ने भन्दै बढुवामा पर्न दौडधुपमा लागेका छन् ।

    गत साता प्रहरी प्रधान कार्यालयले पाँच एसपीको एसएसपीमा बढुवा गरेको थियो । मंसिरमा एसएसपीको थप एक पद रिक्त हुँदै छ । जस कारण सो पद रिक्त भएपछि मात्र बढुवा हुने सम्भावना रहेका प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार