Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गाडीको ठक्करबाट सर्लाहीमा छठ बर्तालुको मृत्यु

    गाडीको ठक्करबाट सर्लाहीमा छठ बर्तालुको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको हरिवनमा गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको हो ।



    नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्नुभएका पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका थिए ।

    बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।

    सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पु¥याएको छ ।

    चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार