Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ५ एसपीको एसएसपीमा बढुवा, एसपीका सात पद रिक्त

    ५ एसपीको एसएसपीमा बढुवा, एसपीका सात पद रिक्त

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 6.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा गरेको छ । कात्तिक २४ मा बढुवा सिफारिस भएकोमा त्यसउपर उजुरी नपरेपछि सोमबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।

    बढुवा हुनेहरूमा वसन्त रजौरे, रवि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई छन् ।  उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको गृह मन्त्रालय स्रोत बताउँछन् ।



    एसएसपीमा बढुवासँगै नेपाल प्रहरीमा अब एसपीका ७ पद रिक्त भएका छन् । जसमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।



    डिएसपीहरू प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे बढुवाका दाबेदार हुन् । बढुवामा टक्कर रहेकाले थप केही पदहरू रिक्त भएपछि मात्र सिफारिस हुने सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार