Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईको घरअगाडि प्रदर्शन

    ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईको घरअगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 1.8K
    SHARES

    ताप्लेजुङ । पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले नेकपा एमालेका सचिव योगेश भट्टराईको निवास अगाडि प्रदर्शन गरेका छन् ।

    उनीहरुले चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृह जिल्ला आएका सचिव भट्टराईको निवास अगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच घम्साघम्सी समेत भएको थियो।



    नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिकाबीच दुई पक्षबीच घम्साघम्सी भएको हो ।

    सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

    पहिचान पक्षधरले एमाले कार्यालय अगाडिपनि प्रदर्शन गरेका छन् । उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार