Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दमकल र स्थानीयवासीको सहयोगमा धुलिखेलमा लागेको आगो नियन्त्रणमा

    दमकल र स्थानीयवासीको सहयोगमा धुलिखेलमा लागेको आगो नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काभ्रे । आज बिहान काभ्रेको धुलिखेलमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।

    धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ।



    धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार