Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

    नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 408
    SHARES

    काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।

    टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो९छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ।



    टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए।



    भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्। अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार