Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बेहुलाको नाच देखेर बेहुलीले बिहे रद्ध गरेपछि…

    बेहुलाको नाच देखेर बेहुलीले बिहे रद्ध गरेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 2.1K
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा बेहुला नाचेपछि बेहुलीले बिहे नै रद्द गरेकी छन् । उत्तर प्रदेशको करहल थाना क्षेत्रअन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिनको घटना हो । स्थानीय ब्रजेश कुमारकी छोरीको विवाह हुँदै थियो।

    आजतकका अनुसार जन्ती लिएर पुगेका बेहुलासँग बेहुलीको बिहे गर्ने प्रक्रिया सुरु हुँदै थियो । यहीबीच बेहुला उठेर आफ्ना साथीहरूसँग नाच्न थाले ।



    जब बेहुलीले बेहुला नाचेको देखिन्, तब उनलाई बेहुलाको हाउभाउ ठीक लागेन् । उनले बेहुला मदिराको मातमा नाचेको पत्ता लगाइन्। बेहुलाले मात्र नभई बेहुलाका बुवाले पनि रक्सी खाएको खुलासा भयो ।



    त्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गरे, तर केटी मान्दै मानिनन्। बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो । त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भएको खुलासा भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार